arrow

शेयर प्रिमियमको रकमबाट नगद लाभांश दिन बीमा प्राधिकरणको रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
nepal-beema-pradhikaran.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बीमा प्राधिकरणले बीमा कम्पनीलाई नगद लाभांश दिन रोक लगाएको छ । कम्पनीले तोकिएका चुक्ता पूँजी पुर्याएर बाँकी नगद लाभांश बाँड्न खोज्दा प्राधिकरणले यस्तो रोक लगाएको हो । 

गत बिहीबार आईएमई लाइफले २५ प्रतिशत बोनस शेयर र ९.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेकामा प्राधिकरणले कर प्रयोजनको लागि लाग्ने बाहेक थप लाभांश दिने निर्णय अस्वीकृत गरिदिएको हो । 

प्राधिकरणको निर्देशनपछि अब आईएमईले २५ प्रतिशत बोनस शेयर र १.१३ प्रतिशत नगद लाभांंश दिने जनाएको छ । हाल चार अर्ब रुपैयाँ चुक्ता पूँजी भएको आईएमई लाइफले २५ प्रतिशत बोनस शेयर दिँदा नियामकले तोकेको न्यूनतम ५ अर्ब चुक्ता पुँजीको लक्ष्य पूरा हुन्छ । तर पूँजी पुर्याउँदा पनि आईएमईलाई नगद लाभांश दिन प्रतिबन्ध लगाइएको हो । 

यसअघि आईएमई लाइफ इन्स्योरेन्सले १३६.९१ रुपैयाँ प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गरेको थियो । त्यसरी प्राप्त भएको प्रिमियम रकमबाट आईएमईले लाभांश दिने निर्णय गरेको थियो । 

प्रिमियम बापत सर्वसाधारणबाट उठाएको रकम भएकाले त्यसबाट नगद लाभांश बाँड्न लगाइएको बीमा प्राधिकरणले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ