आत्मानन्दको क्षेत्रमा मुढालाई एक हजार ३२ मत, ठूला दलको कटेन ६९
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
1.5k
Shares
किरात धर्मगुरु आत्मानन्द लिङ्देन
इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको क्षेत्रमा पहिचानवादी स्वतन्त्र उम्मेदवार मुढाले एक हजार ३२ मत पाएको छ । माङ्सेबुङ गाउँपालिका–५ मा यस्तो अप्रत्याशित मतपरिणाम आएको हो ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले एक हजार ३२ मत ल्याउँदा ठुला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका सुहाङ नेम्वाङले ६९ र कांग्रेसका डम्बरबहादुर खड्काले ४९ मत मात्र प्राप्त गरे ।
रास्वपाका मिलन लिम्बूले तीन मत पाए । सो वडामा किरात धर्मगुरु आत्मानन्द बसोबास गर्दै आएका छन् ।
उनले यसअघि एमालेका सुवास नेम्वाङलाई समर्थन गर्दै आए पनि पछिल्लो समय असन्तुष्ट थिए । अहिले उनी आफ्नै नजिकका थेगिमलाई मत दिएका छन् ।
थेगिमले यस क्षेत्रमा एक हजार ३२ मत पाएसँगै छ हजार नौ सय एक मत पुगेको छ ।
हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन् ।
नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् ।
स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित छन् ।