arrow

इलाम उपनिर्वाचन

अघिअघि एमाले-कांग्रेस, पछिपछि मुढा र घण्टी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । इलाममा नेकपा (एमाले) पहिलो,  नेपाली कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

 ठुला दलको पछिपछि पहिचानवादी मुढा र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।  

सो क्षेत्रमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले आठ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ हजार दुई सय ८० मत प्राप्त गरेका छन् । नेम्वाङ खड्काभन्दा २ हजार ५ सय १८ मतले अगाडि रहेका छन् । 

यस्तै मुढा चुनाव चिन्ह रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम चार हजार ६ सय ३४ मत सहित तेस्रो स्थानमा छन् ।  मुढाले कांग्रेसभन्दा एक हजार ६ सय ४१ मतले पछि रहेको छ  । 

 घण्टी चुनाव चिन्ह रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार तीन सय पाँच मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत समाजवादीका जीत बहादुर राईले २४० मत पाएका छन् । 

कुखुराको भाले चुनाव चिन्हबाट लडेका  मनि बहादुर लिम्बुले २०९ मत ल्याएका छन् । 

हालसम्म २१ हजार आठ सय १० सदर मत गणना भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका छ वडाको मत गणना सकिएको छ । 

 एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ