arrow

एमालेको अग्रता कायमै, यस्तो छ इलामको पछिल्लो मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम २ मा जारी प्रतिनिधि सभा तर्फको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । 

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। 

उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन्।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १,२,३, र ५ गणना हुँदा कांग्रेस र एमालेबीच अन्तर १ हजार ९ सय २४ मत पुगेको छ ।

हालसम्म १७ हजार ३ सय ३७ सदर मत गणनामा सुहाङले ७ हजार ३३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार १ सय ९ मत ल्याएका छन्।

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३ हजार १३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १ हजार १ सय २ मत ल्याएका छन् । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएपछि उनको स्थानमा उपनिर्वाचन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ