arrow

तयारी विश्वकपको

वेष्ट इन्डिजविरुद्ध नेपालको कमजोर बलिङ, २०५ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
nep-wi-2024-04-27.jpg

काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले २०५ रनको चुनौती पछ्याउँदैछ । घरेलु कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो । 

कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो । 

आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ ।

पाँच खेलको टी–२० श्रृंखला खेल्न पहिलो पटक वेस्ट इन्डिजको ए टिम नेपाल आएको हो । सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ