- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतको बिहार राज्यको पटनास्थित एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।