arrow

फोनपे पेमेन्ट सर्भिसले गर्‍यो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको शुरूआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
phonepay-credit-card.jpg

ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको शुरुआत गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत यस संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको शुरूआत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा गरेको जनाएको छ । 

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई फोनपे कार्ड स्किम अन्तर्गत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड (फोनपे भर्चुअल क्रेडिट कार्ड) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्पmत लिन सक्नुहुने जनाएको छ ।  

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्किम सञ्चालनमा ल्याउन लागिएको हो । 

यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पूर्णरुपमा डिजिटल अनबोर्डिङ र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यवसायीहरुको स्थानहरुमा निर्वाध रूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।  

फोनपेका सीईओ दिवस कुमार भन्छन्, ‘हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौँ ।’

उनी अगाडि भन्छन्, ‘फोनपेको तर्पmबाट नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम सुचारु गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै, आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सुविधा उपलब्ध गराउन यस फोनपे कार्ड स्किम अन्र्तगतको नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड जारी गर्ने सिटिजन्स बैंकलाई बधाई दिन चाहन्छौं ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ