arrow

निगमको न्यारोबडी मर्मत गरी सोमबार इजरेलबाट नेपाल ल्याइँदै [भिडियो]  

प्रचण्डको उपस्थितिमा सगरमाथाको फेदमा दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
press-meet-heetbahadur-tamang.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने बताएका छन् । आइतबार मन्त्री तामाङले  यस्तो बताएका हुन् । उनले लामो समयदेखि इन्जिन मर्मतको लागि इजरेलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँ विमानस्थल आउने बताए । 

उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताए । उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए । मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए । 

उनले ढिलै भए पनि सोमबार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताए । उनले युरोपेली युनियन (ईयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकाशमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताए । उनले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताए । उनले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय,विज्ञहरूसँग छलफल गरी रहेको बताए ।

उनले भने,‘म मन्त्री भएर आएपछि नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउण्डेड भएको कुरा जानकारीमा थियो । जहाज बनाउनको लागि इजरेली पठाएको र मर्मत भइरहेको छ भन्ने जानकारी थियो । जसको कारणले नेपाल वायुसेवा निगमलाई दैनिक रूपमा घाटा भइरहेको छ । त्यो कुरा मन्त्री भएर आएपछि निगमका अध्यक्षसँग कुरा गर्दा १२ दिनमा जहाज आउने बताउनुभएको थियो । जहाज आउँदै छ भनेपछि मैले धेरै प्रेसर दिने काम गरिन । जहाज १२ दिनभित्र नभएपछि मन्त्रालयले चाँडै जहाज मर्मत सकेर ल्याउनको लागि निर्देशन दिइरहेका थियौँ । प्राविधिक कारणले भनेको समयमा जहाज ल्याउन नसकेको जानकारी निगमबाट आयो । आज मलाई भोली सोमबार जहाज काठमाडौं विमानस्थलमा आउँछ । त्यो समस्या ढिलै भए पनि हल हुन्छ । युरोपेली युनियन (ईयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकाशमा सिधा उडान गर्ने कार्ययोजना बनाउनुपर्छ भन्ने सन्देश दिन गरी यसअघि नै बोलेको थिएँ । त्यो कुरामा अहिले पनि अडिक छु । त्यसको लागि हामी छलफल गरिरहेका छौ । निजी क्षेत्र र विज्ञहरूसँग पनि छलफल गरिरहेका छौं । त्यो गराउन सकेनौँ भने हाम्रो हितमा हुँदैन ।’

उनले सरकारले मे २९ तारिकको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ