arrow

सरकारलाई गोविन्द केसीको तीन हप्ते अल्टिमेटम [भिडियो]

प्रतिवेदन कार्यान्वयन नगरे सत्याग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
govinda-kc-2081.jpg

काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् । 

यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताए । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनः स्थापना, सशस्त्र द्वन्द्वकलाका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कारबाही गर्न माग गरे ।

उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरू कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी दिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ