arrow

स्वास्थ्य मन्त्री माफियाहरूका नाइके हुन्, तत्काल मुक्त गरियोस् – डा. गोविन्द केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
govinda-kc-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्याग्रही प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउन माग गरेका छन् । आफूमाथि स्वास्थ्य मन्त्री बस्नेतले घोर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै डा. केसीले आइतबार विज्ञपित जारी गरी मन्त्री बस्नेत पदमा बस्न लायक नभएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् । 

शनिबार राष्ट्रिय ट्रमा सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए ।

बस्नेतले डा. केसीका आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्कीसमेत दिएका थिए ।

जवाफमा डा. केसीले भनेका छन्, ‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डजीका स्वास्थ्य मन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस् ।’

डा केसीले आफूमाथि मन्त्री बस्नेतले लगाएका आरोप कपोलकल्पित, झुठा रहेको पनि स्पष्ट पारेका छन् । उनले गुणस्तरीय, निmशुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको पनि बताएका छन् । 

‘पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गरी आइरहेका छन् । शुरूदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन्। सम्बन्धित निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्’, उनले भने, ‘मन्त्रीले बुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पञ्चायततन्त्र छैन। प्रजातान्त्रिक मूल्यमान्यताअनुसार चल्नुपर्छ ।’

डा. केसीले विगतका सरकारहरू र आफूहरूबीच भएका सम्झौता कार्यान्वयन गर्न मंसिर २८ गतेसम्म समय दिइएको पनि बताएका छन् ।

‘माग पूरा नभए मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत कार्यक्रमसहित सशक्त आन्दोलन शुरू गर्न बाध्य हुने पनि डा. केसीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ