arrow

साउन २९ देखि सत्याग्रह गर्ने डा केसीको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
govinda-kc-always.jpg

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् । 

डा. केसीले आयोगका सह–अध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरुको त्यस्तो प्रयासमा साथ दिइरहेको शंका उत्पन्न भएको बताए । 

स्वास्थ्य शिक्षाका विभिन्न विषयहरुमा सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो शंका जन्माएको बताए । 

उनले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्ना सम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ