श्रीमद्भागवत धर्मसँगै विज्ञान पनि : रक्षामन्त्री उप्रेती
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
1k
Shares
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताएका छन् । गोकर्णेश्वर नगरपालिका-४ संयुक्त अपाङ्गएकता आवाज केन्द्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्दैै उनले सो कुरा बताएका हुन् ।
मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका विषय अहिले पुष्टि भइरहेको बताए ।
उनले भने, “पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीले पत्ता लगाएका कुरा अहिले पुष्टि भइरहेको छ, त्यसैले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि हो, कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदैछ ।”
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि मन्त्री उप्रेतीले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको बताए ।