arrow

एमालेकै समर्थनमा सोडारीले पेश गरे मुख्यमन्त्रीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
dirghabahadur-sodari-sudur-chiefminister.jpg

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

बिहीबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । 

प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । 

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् । 

यसअघि नाउपाका दुई जनाले सत्ता गठबन्धन र प्रतिपक्षका तर्फबाट दाबी पेश गरेका थिए । प्रदेश प्रमुखले भने दाबी नपुगेको भन्दै पुनः आह्वान गरेका थिए । 

सोडारीलाई एमालेले विभिन्न आरोप लगाउँदै मुख्यमन्त्रीमा स्वीकार गर्न नसकिने बताएको थियो । जसका कारण एस र एमालेबीच इगो देखिएको थियो । 

यद्यपि एसले सोडारीको विकल्प कोही हुन नसक्ने बताएसँगै बाध्य भएर समर्थन गर्न पुगेको हो । 

एसका अध्यक्ष माधवकुमार नेपालले एमालेको यो रवैया कायम रहे केन्द्र सरकारबाट पनि एस बाहिरिने धम्की दिएसँगै सुदूरमा बाध्य भएर एमालेले आफ्नो अडान फिर्ता लिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ