arrow

एमाले र एसबीच ‘इगो’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
oli-madhav.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच ‘इगो’ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीको विषयलाई लिएर दुई पार्टीबीच इगो शुरु भएको हो । 

एमाले र माओवादीको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने भनिए पनि सो पार्टीभित्र विवाद आएपछि एसले बखेडा निकालेर मुख्यमन्त्रीमा दाबी गरेको थियो । 

नेकपा एसले दाबी गरे पनि कांग्रेससँगको मिलेमतोमा नागरिक उन्मुक्तिमै विद्रोही समर्थन गरेपछि त्यसलाई मिलाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसलाई दिने गरी सहमति गराएका थिए । 

नेकपा एसले मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई नै अगाडि बढाउने निर्णय गर्यो । तर नेकपा एमालेले सोडारीको विकल्प खोजेको थियो । 

एमालेले सोडारीको विकल्प दिन गरेको आग्रह अस्वीकार गर्दै एसको सचिवालय बैठकले सोडारीलाई नै अघि सार्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औँ सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री एसले पाउने भएको छ । एमालेले सहयोग गर्ने नगर्ने विषयमा अहिलेसम्म टुंगो छैन । 

एमाले अध्यक्ष केपी शर्मा ओली इलाम गएकाले यसै भन्ने अवस्था नरहेको एमालेका नेताहरुले बताएका छन् । ‘एसका गतिविधि त्यति पाच्य छैनन्, एमालेका लागि घातक सावित हुँदैछन् त्यसकारण अहिलेको गठबन्धनमा एस भन्ने पार्टी बाधक बनिरहेको छ’, एमालेका एक पदाधिकारीले भने । 

ती पदाधिकारीका अनुसार अहिलेको अवस्थामा एमाले अध्यक्ष ओलीको भनाइ नै काफी रहेको छ । ओलीले सोमबार मात्रै माधव नेपाललाई लक्षित गर्दै हरेक विषयमा बार्गेनिङ गरेको अभिव्यक्ति दिएका थिए । 

त्यसअघि ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुची नभएको बताएका थिए । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश ओरालो लागिरहेको बेलामा प्रधानमन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने बताएका थिए । 

‘नयाँ समीकरणमा प्रधानमन्त्रीको कुरा चलेको छ, त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुची नभएको अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद धेरै महत्वपूर्ण पनि हो। त्यसैभित्रबाट नेतृत्व गरिन्छ’, ओलीले भनेका थिए  । ओलीले यस्तो अभिव्यक्ति दिएकै बेला सुदूरपश्चिम प्रदेश सरकार बनाउने क्रममा दरार उत्पन्न भएको थियो । 

एमाले प्रचार विभाग राजेन्द्र गौतमले सत्ता गठबन्धनको मर्म अनुसार नै  प्रदेश सरकार निर्माण हुने बताए । उनका अनुसार अहिलेको अवस्थामा सुदुरपश्चिम प्रदेशको सरकार निर्माणबारे एमालेले  कसलाई समर्थन गर्ने कि के गर्ने भन्ने बारेमा केही सोचिसकेको छैन । 

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको अवस्थामा विवादित व्यक्तिको विषयमा एमाले मौन बस्नसक्ने जनाएको छ । 

एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेको थियो । एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न आग्रह गरेको थियो । 

एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहे पनि निचोड भने सोडारीलाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निकालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ