arrow

आज रामनवमी 

राम मन्दिरमा भक्तजनको घुइँचो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
ram-mandir-2081.jpg

काठमाडौँ । आज रामनवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई रामनवमीका रूपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँदै छ । सो अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरूको घुइँचो लागेको छ । 

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । त्रेता युगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ