arrow

रवि गृहमन्त्री भएका बेला शक्तिको आडमा महेश बस्नेत विरुद्धको जाहेरी तामेलीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
ravi-mahesh-basnet.jpg

काठमाडौँ । नेकपा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरीलाई शक्तिको आडमा तामेलीमा राखिएको छ । रवि लामिछाने गृहमन्त्री रहेको बेला उनलाई उन्मुक्ति दिने गरी प्रहरीले तामेलीमा राख्न राय लेखेको हो । 

प्रमाण अपुग भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको भ्रुण  हत्या, बलात्कार डाँका चोरी मुद्दा तामेलीमा राख्न सरकारी वकिल कार्यालयलाई प्रतिवेदनसहित पत्राचार गरेको हो । ‘प्रमाण अपुग भएकाले प्रमाण पुगेका बखत अनुसन्धान गर्ने गरी राय लेखिएको हो’, काठमाडौँ परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीले भने । 

नेता बस्नेतविरुद्ध एक महिलाले गरेको भ्रुण, हत्या, बलात्कार डाँका चोरीको उजुरी उपर अनुसन्धान गर्दा प्रहरी परिसर काठमाडौँले तत्काल मुद्दा चलाउने कुनै तथ्य प्रमाण नपाएको जनाउँदै हाललाई तामेलीमा राख्ने निर्णय गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई केही दिनअघि पत्राचार गरेको हो । 

बस्नेतविरुद्ध एमालेकै युवा संघमा आबद्ध ३१ वर्षीया युवतीले प्रहरीमा जाहेरी दिएकी छिन् । बस्नेतविरुद्ध फौजदारी कसूरको जाहेरी दर्ता भएको थियो । उनले हुलाकमार्फत पठाएको जाहेरी मुलुकी अपराध संहिता–२०७४ अनुसार प्रहरीमा दर्ता भएको हो । 

जाहेरी दर्ता भएसँगै बस्नेतलाई काठमाडौँ प्रहरीले सोधपुछ तथा अनुसन्धान गरेको थियो । पीडित युवतीले गत २०८० चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । 

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी थिइन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ । 

उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको थियो । औषधी खुवाएर र अप्रेशन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितको आरोप दाबी थियो ।

यसअघि बस्नेतविरुद्ध सांसद अपरहणको पनि आरोप लागेको थियो । सो आरोपमा पनि प्रहरीले प्रमाण नपुगेको भन्दै जाहेरी नै लिन नमानेको थिएन । 

सरकारी वकिल कार्यालयमा परेको जाहेरीमा पनि कुनै कारबाही भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ