arrow

नाउपाले सुदूरपश्चिमको नेतृत्व पाउने सपना चकनाचुर, फेरि दाबी गर्न आह्वान भएसँगै एसको खुल्यो भाग्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
sudurpachhim-pradesh-sabha-farwestern-province.jpg
तस्बिर – फाइल ।

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि फेरि दाबी पेस गर्न आह्वान गरेका छन् । यसअघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते साँझ ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् । 

यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए ।

सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै दाबी पेस गरेका थिए । तर लक्ष्मणकिशोरलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरि सरकारमा दाबी गर्न आह्वान गरेका छन् ।

गाँठी कुरा के हो ? 
दाबी गर्न पेश गरेका सदस्यहरुको रुजु गरेर दिनुपर्नेमा प्रदेश प्रमुखले दाबी पुगेन भनेका छन् । खासमा दाबी पुगेन भनेर पुनः दाबी आह्वान गर्न केन्द्रले भनेसँगै प्रमुखले सोही अनुसार गरेको आरोप लागेको छ । 

केन्द्रको सत्ता गठबन्धनले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मुख्यमन्त्री दिने भनेको भए पनि पछिल्लो समय आएर नेकपा एसले असन्तुष्टि जनाएपछि अब एसलाई मुख्यमन्त्री दिने सहमति भएसँगै एसले लक्ष्मणकिशोरको समर्थन फिर्ता लिएको हो । 

एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्न दिने सहमति गर्ने अनि अहिले आएर धोका दिएको भन्दै कांग्रेससँग सहकार्य गर्न पुगेका थिए ।

सोही बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माधव नेपालको पार्टीलाई तथानाम गाली गरेका थिए । 

नभन्दै फेरि सहमति भएपछि नेकपा एसले सुदूरको नेतृत्व पाउने भएपछि प्रदेश प्रमुखले फेरि आह्वान गरेका हुन् । 
 



लोकप्रिय समाचार
नयाँ