arrow

मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
sarojkumar-yadav-cm-madhes.jpg

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि एक पटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । 

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् । पछिलो केही समय पहिला केन्द्रमा समीकरण फेरिएसँगै मधेस प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो ।

कांग्रेसले सरकारबाट बाहिरिएसँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो । मधेस प्रदेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ