arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
uml-sachibalaya-12-11.jpg

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आज बस्ने गरी बोलाइएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ