arrow

एमाले पर्वतमा पहाडीको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
govinda-giri-pahadi-parbat.jpg

पोखरा । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द गिरी पहाडी विजयी भएका छन् ।

पार्टीको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेद्वार पदमपाणि शर्मालाई एक सय एक मतान्तरले पराजित गर्दै पहाडी अध्यक्षमा विजयी भएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा पहाडीले दुई २८ र शर्माले एक २७ मत प्राप्त गरे । पार्टीको सबै पदमा पहाडी पक्षले बाजीमारेको छ ।

उपाध्यक्षमा विमल लामिछाने दुई सय १७, सचिवमा सुवासचन्द्र पौडेल एक सय ८८, उपसचिव खुलामा चण्डीप्रसाद भुर्तेल एक सय ८८ र महिलातर्फ उपसचिवमा विन्दु अधिकारी दुई सय १६ मत प्राप्त गरी विजयी भए ।

पहाडी वर्तमान कानूनमन्त्री पदम गिरी पक्षधर हुन् भने शर्मा पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् ।

पृथ्वीसुब्बालाई राष्ट्रियसभा निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पक्षले साथ दिँदा पनि गिरी पक्षसँग पराजित हुनुपर्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ