arrow

खोटाङ एमाले नेतृत्वमा देवविक्रम, अन्यमा को को ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
devbikram-rai-uml-khotang.jpg

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई  विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो । 

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले  एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए । 

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन् । समावेशी उपसचिवमा कविता राई विजयी भएका छन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् । 

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भएका छन् । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । 

दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भएकी छिन् । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो । 

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट पौडेल, पुण्यकुमारी मगर र हीराकुमारी वन गिरी विजयी भएका छन् । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् । 

पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ