arrow

वैदेशिक रोजगारीमा रुस र युक्रेन जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
russia-ukraine-war-bakhmut.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । रुस र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिएको छ । 

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रुस र युक्रेनमा श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरेको जानकारी दिएको हो । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धरत यी दुई देशमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको भन्दै अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरेको उल्लेख छ ।  

“रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म यी दुई देश जाने नेपाली कामदारका लागि श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको छ”, विज्ञप्तीमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ