arrow

एकैदिन रौतहटमा १५ देखि १८ वर्षे चार युवतीले गरे आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
rautahat1.png
तस्बिर – फाइल ।

रौतहट । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

 रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षीया अविवाहित मनिसाकुमारी चौधरीले बिहीबार फासो लगाइ आत्महत्या गरेका हुन्  ।

यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहकी छोरी करिब १७ वर्षीया सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षीया छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षीया छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरीले बताएकी छिन् ।

पछिल्लो समय रौतहटमा आत्महत्या गर्नेको संख्या बढेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ