arrow

ढोका र आँगनमा सकेट बम राखेर ठाकुरानीको बुद्धचित्तको करोडौँकाे बोट काटियो

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० चैत ३० शुक्रबार
crime-80-12-30.jpg

रोशी । अज्ञात समूहले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५, नागबेलीमा ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको बोट काटेको छ ।

राति अन्दाजी १ बजे १५–२० जनाको समूहमा आई रुख काटेको जानकारी इलाका प्रहरी कार्यालय मंगलटारमा आएलगत्तै प्रहरी परिचाल्न गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तामाङले उक्त बोटवाट बार्षिक लाखौँ आम्दानी लिने गरेकी थिइन् ।

रोशी–५ शिसाखानीमा ठाकुरानी तामाङको घरवरिपरि बम राखेर अज्ञात समूहले करोडौँको बुद्धचित्त मालाको बोट फडानी गरेको हो । 

तीन घरको आगनमा चार वटा बमजस्तो देखिने वस्तु राखेर गत आर्थिक वर्षमा ९० लाखमा बेचको बुद्धचित्त मालाको बोट काटिएको छ । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन् । 



लोकप्रिय समाचार
नयाँ