arrow

सांसद शर्मा केएमसीको टोलीसहित तनहुँमा, साढे १३ सय बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
kmc-80-12-29.jpg

स्याङ्जा । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले तनहुँको भिमादमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

जनज्योति माध्यमिक विद्यालय भिमाद – ६ को प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा १३ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ९७ जनाको ईसीजी, २१० जनाको ल्याब परीक्षण र २१० जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै ८५ जनाको ईको, ६५ जनाको दाँत खोलिएको थियो भने ५५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेस तनहुँ सभापति तथा जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आलेमगरको सभापतित्वमा भएको निःशुल्क स्वास्थ्यशिविर अगाडिको औपचारिक कार्यक्रममा कांग्रेस सांसद डा. शर्मा, खोटाङका पूर्व कांग्रेस सभापति सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजीव लामिछाने, वडाध्यक्षहरुलगायत सहभागी भएका थिए । 

कार्यक्रममा डा. शर्मा, पोखरेल र केएमसीका प्रबन्धक दाहालले मन्तव्य राखेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ