arrow

केएमसीमा मुटु र मृगौला रोगीको निःशुल्क उपचार [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
kmc-kathmandu-medical-colle.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा मुटु रोगको उपचार गर्दा नेपाल सरकारले दिने एक लाख रुपैयाँ सहुलियतको सम्झौता भएको छ ।

बुधबार भएको सम्झौताअनुसार मुटुका रोगीहरुले केएमसीमा  एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार पाउने भएका छन् । 

त्यसैगरी मृगौलाका रोगीहरुलाई डायलासिस गर्न नेपाल सरकारले दिने सुविधाका विषयमा पनि सम्झौता भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

यो सेवा पहिलेदेखि भए पनि बुधबार पुनः नवीकरण गरिएको उनले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ