arrow

सांसद शर्मा केएमसीको टोलीसहित स्याङ्जामा, साढे १६ सय बिरामीको निःशुल्क उपचार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
sunil-sharma-checkup-80-12-.jpg

स्याङ्जा । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले स्याङ्जाको पुतलीबजारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

पुतलीबजार नगरपालिकाको आयोजनामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय पुतलीबजारको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा १६ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ११६ जनाको ईसीजी, २३० जनाको ल्याब परीक्षण र २४० जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै ९५ जनाको ईको, ७५ जनाको दाँत खोलिएको थियो भने ८५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सभापतित्वको भूमिका निर्वाह गरेको कार्यक्रममा कांग्रेस सांसद डा. शर्मा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, खोटाङका पूर्व कांग्रेस सभापति सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजीव लामिछाने, वडाध्यक्षहरुलगायत सहभागी भएका थिए । 

कार्यक्रममा नगरपालिकाकी उपमेयर देवी अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै डा शर्मा, प्रजिअ नेपाल, पोखरेल र केएमसीका प्रबन्धक दाहालले मन्तव्य राखेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-80-12-28a (1).jpg
kmc-80-12-28a (2).jpg
kmc-80-12-28a (3).jpg
kmc-80-12-28a (4).jpg
kmc-80-12-28a (5).jpg
kmc-80-12-28a (6).jpg
kmc-80-12-28a (7).jpg
kmc-80-12-28a (8).jpg
kmc-80-12-28a (9).jpg
kmc-80-12-28a (10).jpg
kmc-80-12-28a (11).jpg
kmc-80-12-28a (12).jpg
kmc-80-12-28a (13).jpg
kmc-80-12-28a (14).jpg
kmc-80-12-28a (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ