arrow

सांसद शर्मा केएमसीको टोलीसहित पर्वतमा, २५ सय बिरामीको निःशुल्क उपचार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
kmc-80-12-27final.jpg

पर्वत । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले पर्वतको विहादीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

विहादी गाउँपालिकाको आयोजनामा श्री नेपाल तारा माध्यमिक विद्यालय विहादी–४ को प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा २४ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १८० जनाको ईसीजी, २१५ जनाको ल्याब परीक्षण र १९५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै ८५ जनाको ईको, १०१ जनाको दाँत खोलिएको थियो भने १०५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

विहादी गाउँपालिकाका प्रमुख प्रविण गुरुङले सभापतित्वको भूमिका निर्वाह गरेको कार्यक्रममा कांग्रेस सांसद डा. शर्मा, खोटाङका पूर्व सभापति सुभास पोखरेल, नेविसंघ केन्द्रीय सदस्य राजीव लामिछाने, वडाध्यक्षहरुलगायत सहभागी भएका थिए । कार्यक्रममा डा शर्मा, विहादी उपप्रमुख मीना थापासँगै केएमसीका प्रबन्धक दाहालले मन्तव्य राखेका थिए । 

यसअघिको म्याग्दीको बाबियाचौरमा २५ सय ५६, बागलुङको नारायणस्थानमा २२ सय ४०, बागलुङको बडिगाडमा १९ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको थियो । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-80-12-27 (1).jpg
kmc-80-12-27 (2).jpg
kmc-80-12-27 (3).jpg
kmc-80-12-27 (4).jpg
kmc-80-12-27 (5).jpg
kmc-80-12-27 (6).jpg
kmc-80-12-27 (7).jpg
kmc-80-12-27 (8).jpg
kmc-80-12-27 (9).jpg
kmc-80-12-27 (10).jpg
kmc-80-12-27 (11).jpg
kmc-80-12-27 (12).jpg
kmc-80-12-27 (13).jpg
kmc-80-12-27 (14).jpg
kmc-80-12-27 (15).jpg
kmc-80-12-27 (16).jpg
kmc-80-12-27 (17).jpg
kmc-80-12-27 (18).jpg
kmc-80-12-27.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ