- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक डेकरले आफ्नो ग्राहकहरूको लागि नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै "न्यू जोएज्, न्यू सेलिब्रेसन्स" नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकले ब्ल्याक डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्नेछन् ।
ब्ल्याक डेकरको कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले ब्ल्याक डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने ब्ल्याक डेकरको आधिकारिक विक्रेता चौधरी ग्रुपले जनाएको छ ।
यस योजनामा सहभागी हुन ग्राहकले विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्ने चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सक्ने पनि जनाइएको छ । यसका साथसाथै ब्ल्याक डेकरका उपकरणहरुको तीस हजार रुपैयाँ माथिको खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई र ब्ल्याक डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध रहेको सीजीले जनाएको छ ।
यो योजना चैत २७ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको सीजीले उल्लेख गरेको छ ।