arrow

रास्वपा पर्साले किन गर्‍यो खेलकुद मन्त्री विराजभक्तलाई बहिष्कार ?

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० चैत २६ सोमबार
sports-minister-biraj-bhakta-shrestha-birjung-mayor.jpg
तस्बिर : वीरगन्ज महानगरपालिकाका विवादास्पद मेयर राजेशमान सिंह र खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ

वीरगन्ज। सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्न बारा जिल्ला आएका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पार्टीसँग समन्वय नगरी महानगरका प्रमुखको निम्ता मान्न वीरगन्ज आएपछि आफ्नै पार्टीका कार्यकर्ता र पदाधिकारीले अघोषित बहिष्कार गरेका छन्। 

अरूको छोरीको नक्कली बाबु बनेर नागरिकता दिलाएको र किर्ते जन्म दर्ता बनाएको अभियोगमा मुद्दा झेलिरहेका विवादास्पद मेयर राजेशमान सिंहको निम्ता मान्न पार्टीका पदाधिकारीहरूसँग सल्लाह नै नगरी खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ पूर्व श्रम मन्त्री आफ्नो ससुरा शरदसिंह भण्डारीको निर्देशनमा वीरगन्ज आएपछि रास्वपा पर्सा जिल्ला संयोजक दिलीप कुमार कुर्मी, केन्द्रीय सदस्य डा.नन्दन यादव लगायत जिल्लाका पदाधिकारीहरू सहभागी नभएको बुझिएको छ।

केही दिन अगाडि शरदसिंह भण्डारीले काठमाडौँमा आफ्नो ज्वाइँ मन्त्री बिराजभक्त श्रेष्ठसँग मेयर राजेशमान सिंहको भेट गराएर वीरगन्जको मेयरको पार्टी बेग्लै भए पनि आफ्नो मान्छे भएकोले सहयोग गर्न आग्रह गरेको श्रोतले जनाएको छ। वीरगन्ज भ्रमणको क्रममा खेलकुद मन्त्रीले जीर्ण नारायणी रङ्गशालाको र वीरगन्ज महानगरपालिकाको अवलोकन भ्रमण गरेका थिए।

मन्त्री विराजभक्त मार्फत उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रभावित गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट भइरहेको कारबाही रोकिएकोले वीरगन्जमा दिनहुँ राजेशमानका विपक्षीहरूले टायर बाल्दै नारा जुलुस प्रदर्शन गरिरहेका छन्।

गृहमन्त्री  लामिछाने आफै दोहोरो नागरिकता काण्डमा संलग्न भएका कारण पनि उनले राजेशमानको नागरिकता काण्डको छानबिनमा असहयोग गरेको चर्चा वीरगन्जमा सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ