arrow

स्टेफेनको शतकमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २८५ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
ireland-A-team.jpg

काठमाडौँ। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।

आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए।

त्यसै गरी नेपाल ए का बलर रिजन ढकाल र रञ्जित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ