arrow

एमाले कालीकोटको अध्यक्षमा मल्ल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
uml-flag.png

कालीकोट  । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गगरे ।

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।

साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित भए भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गरे । सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गरे ।

उप(सचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित भए भने उनका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए ।

उप(सचिव महिलामा ताराकुमारी शाहीले दुई सय १२ मत प्राप्त गरी विजयी भए भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरे ।

निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ