विद्युत् चुहिएर भएको आगलागीमा राजुको मृत्यु, १० लाखको क्षति
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
687
Shares
काठमाडौँ । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्थे ।
आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए ।
विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।