arrow

नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको छ : उपमहासचिव गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
prithivi-subba-gurung-2080-10-23.jpg
तस्बिर-फाइल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताएका छन् । 

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) कास्कीको वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले  नयाँ समीकरण पूरा समय टिकाएर नेपाली जनतालाई समृद्धि र सुशासनमा प्राथमिकता दिने विश्वास व्यक्त गरे ।

आगामी नर्वाचनमा एमालेलाई मुलुकको पहिलो र निर्णायक शक्ति बनाउने दाबी उनले गरे ।  

एमाले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता बढेकाले पार्टीको आन्तरिक जीवन व्यवस्थापन गर्न कठिन भएको बताए ।

पार्टीका हरेक कमिटीलाई अनुशासनमा राख्दै युवा पुस्तालाई पार्टी एमालेप्रति आकर्षण गर्ने कार्यक्रम अगाडि सार्नुपर्नेमा उनले बताए ।

एमालेका केन्द्रीय कमिटीका सदस्य तथा पीपीएलएका इञ्चार्ज रमेश वडालले सङ्गठनको मुख्य काम नेपाल बार एशोसियशनको निर्वाचन सफल बनाउने बताए ।

एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले सङ्गठनले पार्टीका लागि कानुनी सल्लाहकारको रुपमा काम गरेको बताए । 

साथै अधिवेशनले अध्यक्ष मदनप्रसाद तिवारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, खुला सचिवमा रुद्र कुँवर, महिला सचिवमा सुष्मा ओझा, कोषाध्यक्षमा भूपराज पोखरेल चयन भएका छन् । 

कार्यसमितिको सदस्यहरुमा ईश्वरी पौडेल, खगेन्द्रराज घिमिरे, दधिराम पौडेल, गोविन्द काफ्ले, दीपक शर्मा पौडेल, सङ्गीता काफ्ले, रमेशप्रसाद शर्मा, प्रदीप अधिकारी, कविता शर्मा अधिकारी, कुञ्जनी परियार प्यासी चयन भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ