arrow

एमाले स्याङ्जाको अधिवेशन आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
uml-flags.jpg

पोखरा । नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । अधिवेशन तयारी पूरा भएको सो पार्टीले जनाएको हो ।

एमाले पोलिटब्यूरो सदस्य एवं स्याङ्जा इन्चार्ज टुकराज सिग्देलले स्याङ्जामा गुटगत प्रतिस्पर्धा नहुने बताए । आवधिक निर्वाचनले पार्टी मजबुद र लोकतन्त्रलाई समेत बलियो बनाउने उनको दाबी छ ।

पार्टी जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले अधिवेशनले पाँच पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गर्ने जानकारी दिए । क्लस्टर अनुसारको निर्वाचन हुने र युवा १५ प्रतिशत रहेको उनले बताए ।

अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका छ सय नौ जना प्रतिनिधि चयन भएका छन् ।

एकतिहाइ महिला र ११ प्रतिशत उत्पीडित प्रतिनिधि छनोट गरिएको प्रचारप्रसार समिति संयोजक विश्व पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ