arrow

सहकारी प्रकरणमा रास्वपाका अन्य दुई नेताको नाम जोडिएपछि रविको यस्तो जवाफ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
ravi-lam.jpg

काठमाडौँ । सहकारी प्रकरणमा रास्वपाका अन्य दुई नेताको नाम जोडिएपछि उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जवाफ दिएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् ।

उनले सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मासिएको बारेमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे । 

उनले समाचारमा आउने सबै सत्य नहुने भन्दै उनले सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गरे । उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे ।

उनले भने, ‘समाचार आएपछि पुग्यो, तपाईँहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्ने कुरा । हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा ? भनेर क्वेशन राखिदिएको हो की, हतकडी लगाएर प्रमाणित गरिदिएको हो की ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो । साथीहरू त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबै जना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो । होइन, तपाईँहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशङ्काहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेशन मार्क राखेको छ, क्वेशन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ