arrow

संसदीय समिति बनाउने कुरा कांग्रेसको अनिवार्य सर्त

गृहमन्त्रीलाई कांग्रेस सांसदको आग्रह– आरोपलाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्नुस् [भिडियो]

रास्वपाका अन्य दुई नेताहरूमाथि पनि निष्पक्ष छानबिन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
ramkrishna-yadhav.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका हुन् । 

उनले सो आरोपको निष्पक्ष छानबिन गरेर सत्य तथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताए । उनले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताए । 

उनले भने – ‘मेरो आग्रह माननीय गृह मन्त्रीलाई पनि छ, गृहमन्त्रीले केही नयाँ गर्छु भनेर आउनु भएको छ । सकेसम्म चाँडो छानबिन समिति बनाएर आरोपलाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्नुहोस् । यो आरोपमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य बाहिर नल्याएको सम्बन्धमा यो आरोपले तपाईँलाई कहिल्यै छोड्नेछैन । जिन्दगीभर लखेट्ने छ । त्यस कारण समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा यो तपाईकै हितमा हुन्छ । म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन ? सञ्चालक र प्रबन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईँको संस्थामा आएको छ । त्यो पैसा कसको हो त ? तपाईँको व्यक्तिगत पैसा होइन । कसैले दान दिएको पनि होइन ।'

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए । रास्वपाका यी दुई नेताहरूमाथि पनि निष्पक्ष छानबिन गर्न उनले माग गरे ।

उनले भने – ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो काम श्रम मन्त्रीको हो भन्ने छ । यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानबिन आवश्यक छ । संसदीय समिति बनाऔँ ।’

उनले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा नेपाली कांग्रेसको अनिवार्य सर्त भएको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ