arrow

छानबिन समिति गठन गर्नुको विकल्प छैन

प्रधानमन्त्री र प्रहरी महानिरीक्षकले गृहमन्त्रीलाई क्लिन चिट दिनुले झनै शंका उब्जियो - बद्री पाण्डे [भिडियो]

सरकारले नसुनेको खण्डमा कठोर ढङ्गले प्रस्तुत हुने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
badri-pandey-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सरकारले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि क्लिन चिट दिनुले झनै शंका उब्जिएको बताएका छन् ।  उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीलाई क्लिन चिट दिनुले पनि झनै शंका उब्जिएको बताए ।

उनले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताए । उनले सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको जिकिर गरे । उनले कांग्रेसको उक्त माग सरकारले नसुनेको खण्डमा कठोर ढङ्गले प्रस्तुत हुने चेतावनी दिए  ।उनले कांग्रेसले संसद्मा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘सहमति भएको छैन, सरकारबाट कुनै प्रयास पनि भएको छैन । समिति बनाउने कुरालाई हामीले आज पनि यथावत् राखेका छौँ । सरकारले सुन्दैन भने यो भन्दा अगाडि बढेर अझ हामी कठोर ढङ्गले प्रस्तुत हुन्छौँ । संसदीय समिति गठन गर्नुको विकल्प छैन । किनभने प्रधानमन्त्रीले पनि क्लिन चिट दिनुभएको छ, प्रहरी प्रमुखले पनि समितिमा पुगेर क्लिन चिट दिनुभएको छ, यसको मतलब सरकार र सरकारका निकायबाट अनुसन्धान हुन सक्दैन, हुँदैन भन्ने पुष्टि भएको छ । अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प रहेन । यो पछिल्लो घटनाक्रमले झनै संसदीय समिति गठन गर्नुपर्ने र संसदीय छानबिन समितिबाटै छानबिन हुनुपर्ने औचित्य बढेको महसुस भएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ