arrow

नेविसंघको आक्रोश

मन्त्री र उपकुलपति फेरिए, उत्तर पुस्तिका हराउने चलन फेरिएन [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
nsu-tu-80-12-15-(4).jpg

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको बेथितिको चर्को आलोचना गरेको छ । त्रिविको नेविसंघ केन्द्रीय तदर्थ समितिले विद्यार्थीको उत्तर पुस्तिका हराउनेलाई कारबाही नभएको भन्दै कारबाहीका लागि माग गरेको छ । 

नेविसंघले त्रिविविमा प्रदर्शन गर्दै मन्त्री र उपकुलपति फेरिए पनि उत्तर पुस्तिका हराउन चलन नफेरिएको बताएको छ । 

यस्तो छ प्रेस विज्ञप्तिः
देशकै सबैभन्दा जेष्ठ र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएका छन्। पछिल्लो समयमा आएर त्रि.वि देशको राजनीतिक अस्थिरता, दलीय भागवण्डा र बेथितिको रण मैदान बनेको छ। यसको ठूलो कारण राज्यसत्तामा बसेकाहरुले पटक पटकसम्म आफ्नो सत्ता स्वार्थका लागि गरिएका गैरप्राज्ञिक गतिविधिका कारण नै सृजना भएको हो। यस अघि पनि हामीले त्रिभुवन विश्वविद्यालयमा टड्कारो बनेर बसेको ‘दलीय भागवण्डा’’ पदाधिकारी नियुक्त गर्दा होस् वा अन्य कुनै त्रिविको प्रशासनिक काम कारवाहीमा होस् त्यो अन्त्य हुनु पर्छ भनेर देशव्यापी रूपमा अभियान नै सञ्चालन गरेर करिब १५००० विद्यार्थीहरूका तर्फबाट सम्माननीय प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपतिलाई पत्र संकनल गरेका थियौं। सम्मानीय प्रधानमन्त्री ज्यूले विश्वविद्यालयमा दलीय भागवण्डाको अन्त्य हुने र उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नै नियुक्त हुने आश्वासन समेत जनाउनु भएको तर नियुक्त गर्दा बैमानीपूर्ण ढंगबाट दलीय स्वार्थ बोकेका व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्नु भयो। त्यसैको निरन्तरता स्वरुप अहिले पनि रजिष्टार र रेक्टर नियुक्ति प्रक्रियामा पनि यस्तै गतिविधिहरुलाई प्रश्रय दिइरहेको देखिएको छ। रजिष्टार र रेक्टर नियुक्ति प्रकियालाई पारदर्शी बनाउनु पर्ने सट्टामा उपकुलपतिले सीमित स्वार्थका लागि दलीय भागवण्डालाई नै प्रश्रय दिइरहेको देखिएको छ। 

त्यस्तै यस्ता गैरप्राज्ञिक गतिविधिहरुका कारण अहिले विश्वविद्यालयमा व्याप्त व्यवस्थापकीय कमजोरीहरू र प्रशासनिक अकर्मण्यता देखा परिरहेका छन्। त्यसको प्रत्यक्ष असर हामी विद्यार्थीहरुले पटक पटक कहिले प्रश्न पत्र प्रकाशनमा, कहिले परीक्षा तालिका प्रकाशनमा त कहिले नतिजा प्रकाशनमा होस् भोग्दै आइरहेका छौं। यस्तै मिति २०८० साल वैशाख महिनामा संचालित बि. ए. प्रथम वर्षको परीक्षा अन्तर्गत पीओपी ४२२ र फाउन्डेशन अफ एडुकेशन ४१२ विषयको परीक्षाको उत्तर पुस्तिका हराएको र पुनः परीक्षा सञ्चालन गर्न भनेर त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट चितवन जिल्ला, रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्रबाट परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई पुनः परीक्षाका लागि परीक्षा तालिका प्रकाशन गरी निर्देशन दिइएको छ। 

उक्त विषयमा छानबिन गरी दोषीलाई कारबाहीको सिफारिससमेत भइसकेको तर अहिलेसम्म पनि कारबाहीको कुनै पनि प्रक्रिया उपकुलपतिको कार्यालयले नचालेको अवस्था छ। यसका कारण उक्त परीक्षामा सम्मिलित विद्यार्थीहरुले गुमाउनु परेको १ वर्षको महत्त्वपूर्ण समय र मानसिक असरको जिम्मा त्रिभुवन विश्वविद्यालयले लिनु पर्छ। 

अन्तत: वि.ए र वि.ए.ड प्रथम वर्षको परीक्षामा देखिएको कमजोरी र छानबिनबाट कारवाहीको लागि सिफारिस समेत भइसकेकाले कारवाहीको प्रक्रिया छिटो भन्दा छिटो गर्न नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ समितिले जोडदार माग गर्दछौँ। साथै रजिष्टार र रेक्टर नियुक्ति प्रकृयालाई पारदर्शी ढंगबाट गर्न समेत माग गर्दछौं। 

धन्यवाद,
जय नेपाल!
नेपाल विद्यार्थी संघ
केन्द्रीय तदर्थ समिति

nsu-tu-80-12-15 (5).jpg
nsu-tu-80-12-15 (6).jpg
nsu-tu-80-12-15 (1).jpg
nsu-tu-80-12-15 (2).jpg
nsu-tu-80-12-15 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ