arrow

एमाले कास्कीमा खगराज पक्षका अधिकारीकाे प्यानल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
nainbahadur-adhikari.jpg
तस्बिर – फाइल ।

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । पार्टीको एघारौं अधिवेशनबाट अधिकारी पक्षको प्यानल विजयी भएको हो । 

अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट अध्यक्षमा पाँच सय ५१ मत प्राप्त गर्दै अधिकारी विजयी भएका हुन् । उनीसँगै प्रतिस्पर्धा गरेका माधव बास्तोलाले तीन सय ४७ मत प्राप्त गरे ।

अध्यक्षमा विवेक त्रिपाठीले पनि प्रतिस्पर्धा गरेका थिए । उनले जम्मा १७ मत प्राप्त गरे । 

मत परिणाम औपचारिक घोषणा हुन भने बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ