arrow

गिरिजाबाबुको क्षेत्रमा 'टुरिष्ट' नेतालाई टिकट नदिन डा सुनील शर्माको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
dr-sunil-sharma.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आगामी २०८४ को निर्वाचनमा स्थानीयलाई टिकट दिनुपर्ने बताएका छन् । आइतबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको इतिहास बोकेको मोरङमा स्थानीयलाई टिकट दिनुपर्ने बताएका हुन् । 
 
उनले आफू बक्राह खोलाको डिलमा हुर्किएको भन्दै स्थानीय साथीबाट उम्मेदवार हुनुपर्ने बताए । उनले बारी, बिजन र मल अनि रोप्न आफ्नै भएपछि फसल अर्काकै हुन नहुने बताए ।

उनले बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाले निर्वाचन लडेको क्षेत्रमा बाहिरबाट उम्मेदवार ल्याउन नहुने बताए । 

उनले भने,; यो गिरिजा प्रसाद कोइरालाले चुनाव लड्नु भएको क्षेत्र हो । बाहिरबाट टुरिष्ट उम्मेदवार आए कालो झन्डा देखाउनुपर्छ । यस क्षेत्रमा बाहिरबाट आयातित गरेर नेताहरू ल्याए तपाईँहरूले दुर्भाग्य तरिकाले हार्नुपर्छ । त्यति गर्न नसके मेयर र उपमेयरको टिकटमा समेत हस्तक्षेप हुनेछ । ०८४ को चुनाव तपाईँहरू आफ्नो बल बुताले आफ्नो खुट्टामा उभिएर वीपी र गिरिजाबाबुको आत्मालाई सम्मान गर्दै यही क्षेत्रबाट आफ्नो नेता उत्पादन गर्नुहुन्छ कि हुन्न भन्ने पहिलो प्रश्न हो ।' 

उनले कोइराला पुत्रहरूले बाहिरबाट नेता ल्याए बहिस्कार गर्नुपर्ने समेत बताए । उनले भने,' कोइराला साब तपाईँका काका बुबालाई जिताएको मानेको हो । तपाईँहरूलाई पनि जिताएको हो तर तपाईँले हामीलाई  गोठालोको व्यवहार फेरी बाहिरबाट यस क्षेत्रमा प्रतिनिधि ल्याए हामी बहिष्कार गर्छौ भन्नुपर्छ ।'

उनले बैतडीमा कांग्रेसले स्थानीयलाई टिकट नदिँदा हार व्यहोरेको सुनाए । उनले भने,'बैतडीमा हामी निकटको साथीलाई टिकट दिएको भए १५ हजार मतान्तरले जित्ने रहेछन् । तर गठबन्धनका नाममा राप्तीमा हत्या गरे । तर साथीहरूले विद्रोह गर्नुपर्थ्यो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ