arrow

पाम्समा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
accident-final.jpg

सिमकोट । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका ४ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । 

सु प ०१००१ नम्बरको गाडी शनिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । 

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ