arrow

माइक्रोबस दुर्घटनामा परी १९ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
accident-final.jpg
तस्बिर – फाइल ।

धनकुटा । धनकुटामा गएराति माइक्रोबस दुर्घटना भएको छ । काठमाडौँबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माइक्रोबस बिहान २ः१५ बजेतिर धनकुटा नगरपालिका ९ मूलघाट–रुद्रबारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी १९ जना घाइते भएका छन् । उनीहरु सबैको उद्दार गरी ९ जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ  । 

घाइतेमध्ये केहीको उपचारपछि डिस्चार्ज भइसकेको मूलघाट प्रहरी चौकीले जनाएको छ ।

माइक्रो बसअनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ