arrow

बास्केटबल संघमा धोजकुमार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
dhoj-kumar-gurung.jpg

पोखरा । गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोजकुमार गुरुङ निर्वाचित भएका छन् ।

संघको पोखरामा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

गुरुङ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षसमेत हुन् । उनी यसअघि कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष थिए ।

संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ, महासचिवमा विष्णुकुमार गुरुङ, सचिवमा सतिश राई र कोषाध्यक्षमा दिलीप गुरुङ छन् ।

यसैगरी कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ