arrow

ललितपुरका पराजुली स्याङ्जा कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
ram-pd-parajuli.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वस्तु बिक्री करार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी कारागार पठाएको छ ।

पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटोका २८ वर्षीय रामप्रसाद पराजुली रहेका छन् ।

उनी अदालतको फैसला भएको एक वर्ष एक महिनापछि काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका पराजुली आज कारागार चलान भएको प्रहरीले जनाएको छ ।

स्याङ्जा जिल्ला अदालतले वस्तु बिक्री करार मुद्दामा २०७९ फागुन ३० मा दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ