- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । पछिल्लो केही दिनदेखि काठमाडौँ निकै नै प्रदूषित हुँदै आइरहेको छ ।
बुधबार मध्यान्हदेखि काठमाडौँ उपत्यकामा विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । काठमाडौँको एयर क्वालिटी इन्डेक्स दिउँसो १ः०३ बजे १८४ रहेको एक्यूएयरडटकमले जनाएको छ ।
दोस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । दिल्लीको एक्यूआई १७६ रहेको छ । यूएईको दुबई १६७ एक्यूआईसहित तेस्रो स्थानमा छ ।
बंगलादेशको ढाका १५८ एक्यूआईसहित चौथो स्थानमा छ । पाकिस्तानको लाहोर पाँचौँ तथा पाकिस्तानकै कराँची छैटौँ स्थानमा छ ।
इजिप्टको कायरो सातौँ, सेनेगलको डकार आठौँ, पोल्याण्डको क्राकोभ नवौँ तथा भारतको मुम्बई दशौँ स्थानमा रहेको छ ।
जतिसुकै प्रदूषित शहर भए पनि सरकारको भने कुनै योजना रहेको छैन । विगतका वर्षहरुमा पनि काठमाडौँ सबैभन्दा प्रदूषित भए पनि कुनै योजना ल्याउने गरेको थिएन ।
भारी वर्षा भएर हावा चल्ने हो भने एक्यूआई कम हुने अपेक्षा गरिएबाहेक सरकारसँग कुनै योजना छैन ।