arrow

दुई नाबालिकलाई करणी गरेको अभियोगमा ५७ वर्षे कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
dalbahadur-bk-gorkhapolice.jpg

पोखरा । गोरखा जिल्ला अदालतले दुई नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गोरखा नगरपालिका वडा नं १४ सलाङगिरीका ५७ वर्षीय सीताराम भन्ने दलबहादुर विश्वकर्मालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार विकले फागुन ९ गते बिहान ११ बजे ७ र ९ वर्षकी दुई नाबालिकलाई फकाईफुलाई झरौटे धारा वनमा लगेर जबरजस्ती करणी गरेका थिए ।

त्यसपछि पीडिका आफन्तले किटानी जाहेरी दिएपछि विकलाई प्रहरीले फागुन १० गते पक्राउ गरेको थियो ।

बिकविरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात अदालतले चैत ५ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको प्रहरीले जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ