arrow

बालयौन दुरुपयोग अभियोगमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
bikram-bk-gorkhapolice.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले बालयौन दुरुपयोगको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ६ ढाडगाउँका वर्ष १९ का विक्रम विक छन् ।

गोरखा प्रहरीका अनुसार विकले चैत २ गते बिहान ११ बजे गोरखा नगरपालिका वडा नं. ७ खिरेपानीस्थित सार्वजनिक धारामा १५ वर्षकी नाबालिका बालयौन दुरुपयोग गरेका थिए ।

बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएपछि विकलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विकविरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको गोरखा प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ