arrow

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
accident-final.jpg

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बसबरिया गाउँपालिका-३ का दिनकर रायको प्रदेश २-०२-००१ त ०४३५ नम्बरको ट्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका-३ कोठिहारस्थित नहरमा आइतबार साँझ करिब ७ बजे पल्टिँदा ट्र्याक्टरका चालक बसबरिया गाउँपालिका-३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

उनका अनुसार बसबरिया गाउँपालिका-३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिँदा ट्याक्टरका चालक माझीको ज्यान गएको र ट्याक्टरमा सवार ट्याक्टर धनी बसबरिया गाउँपालिका-३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन् ।

ट्याक्टर धनी यादव फरार रहेका छन् ।

दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ