arrow

पोखरामा सूर्य तार नेकोस खेल महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
shankar-pokharel-sprots.jpg

पोखरा । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटी र सूर्य तारा क्लब, पोखराको संयुक्त आयोजनामा शनिबार भण्डारढिक रंगशाला पोखरामा ‘सूर्य तारा (नेकोस) खेल महोत्सव–२०८०’ आयोजना भएको छ । 

उक्त महोत्सवको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरे । कार्यक्रमको सभाध्यक्षता नेपाल खेलकुद महासंघका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज विष्णु पुनले गरेका थिए । 

त्यसैगरी विशिष्ट अतिथिहरु, पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य एवं नेपाल खेलकुद महासंघका इन्चार्ज कमरेड कर्णबहादुर थापा, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, महासचिव धरम लामा, कोषाध्यक्ष उज्वल सुवेदी, पार्टी गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष कमरेड मनबहादुर गुरुङ तथा नेपाल खेलकुद महासंघका नेताहरु,‌ खेलाडी, खेलप्रेमी तथा सयौँ शुभचिन्तकको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ